आफ्नो गाडी छाडी, सुन्दरको विद्युतीय माइक्रोबसमा सरर ओली
काठमाडाैं | साउन ३, २०७९
काठमाण्डौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाडी छोडेर विद्युतीय माइक्रोबसमा यात्रा गरेका छन ।
एमाले अध्यक्ष ओली सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रोबसमा भक्तपुरको बालकोट देखि ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयसम्म पुगेका हुन ।
सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडेर सुन्दर यातायातको माइक्रोबस चडेका हुन ।
एमाले अध्यक्ष ओली युवा संघका नेतालाई साथमा लिएर च्यासल पुगेका हुन । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं देखि सिन्धुली हुँदै धनुषा रुटमा चल्ने माइक्रोबसमा सवार गरेर पार्टी कार्यालय पुगेका ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएका छन ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि पनि बुटवल भैरहवा रुटमा सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विधुतिय बसमा सवार गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात नेपालमा सञ्भालनमा ल्याइएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

