मानव अधिकारचोकमा रास्वपाको धर्ना: 'रवि दाई हाई हाई !’ (तस्बिरहरु)
पाेखरा | कात्तिक २१, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गरेका छन् ।
लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना बसेका हुन् ।
उनीहरुले आज भने कुनैपनि नाराबाजी गरेनन् ।
‘रवि दाई हाई हाई’, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन भ्रष्ट सरकार चाहिदैन’ लगायत नारा उल्लेखित प्लेकार्ड प्रर्दशन गरेका थिए ।
हिजो (मंगलबार) तेस्रो पटक कास्की जिल्ला अदालतले रवि लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
थप तस्बिरहरु:-










निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

