बागलुङ बसपार्कमा लागूऔषधसहित ४ जना पक्राउ

पाेखरा | कात्तिक २३, २०८१

बागलुङ बसपार्कमा लागूऔषधसहित ४ जना पक्राउ

पोखरा:  पोखराको बागलुङ बसपार्कबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कमा लागूऔषध विक्रीवितरण गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रहरीले पोखरा महानगर–२ बागलुङ बसपार्क बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय प्रदिप पुन, पोखरा–४ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र गणेशटोल बस्ने १९ वर्षीय सुमित नेपालीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले बरामद गरेको लागूऔषध र मोबाइल, फोटो: कास्की प्रहरी


प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सूल आइपी ट्रामोल ५० लेखिएको लागूऔषध १ सय ६० थान र ४ थान मोबाईल बरामद गरेको छ । 


प्रक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्