बागलुङ बसपार्कमा लागूऔषधसहित ४ जना पक्राउ

पाेखरा | कात्तिक २३, २०८१

बागलुङ बसपार्कमा लागूऔषधसहित ४ जना पक्राउ

पोखरा:  पोखराको बागलुङ बसपार्कबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कमा लागूऔषध विक्रीवितरण गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रहरीले पोखरा महानगर–२ बागलुङ बसपार्क बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय प्रदिप पुन, पोखरा–४ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र गणेशटोल बस्ने १९ वर्षीय सुमित नेपालीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले बरामद गरेको लागूऔषध र मोबाइल, फोटो: कास्की प्रहरी


प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सूल आइपी ट्रामोल ५० लेखिएको लागूऔषध १ सय ६० थान र ४ थान मोबाईल बरामद गरेको छ । 


प्रक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्