हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन
काठमाडाैं | कात्तिक २५, २०८१

काठमाडौं: हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो ।
महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताउनुभयो ।
नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सांसद बजगाईंले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि साङ्केतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि शनिबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको मात्रै हवाई भाडा लिन र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन निर्देशन दिएको थियो ।
हवाई भाडा नियन्त्रणका सम्बन्धमा प्राधिकरण, अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले पाँचबुँदे सहमति गरेको थियो ।
यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरुले महङ्गो हवाईभाडा लिएको गुनासो आइरहेको छ ।
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्। गोलान्...
रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्दे...