नेपाल १६५ रनले विजयी, कप्तान पूजा महतोको शतक

काठमाडाैं | कात्तिक २७, २०८१

नेपाल १६५ रनले विजयी, कप्तान पूजा महतोको शतक

काठमाडौं:    कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । 


केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् ।  

    
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो । दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो । 

    
कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा सात चौका प्रहार गरिन् । जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कले रन बटुल्न सकेनन् । नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो ।

    
बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई दुई विकेट लिइन् । 

    
यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।  

    
बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिए । नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । 


छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्