भरुवा बन्दुकसहित एकजना पक्राउ
लमजुङ | कात्तिक २८, २०८१
तस्बिर फाइल
लमजुङ: जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो ।
घर नजिक जङ्गलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियालाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
“सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो”, प्रनाउ श्रीवास्तवले भन्नुभयो । योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।
परियारमाथि जिल्ला अदालतबाट मङ्गलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

