भरुवा बन्दुकसहित एकजना पक्राउ
लमजुङ | कात्तिक २८, २०८१
तस्बिर फाइल
लमजुङ: जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो ।
घर नजिक जङ्गलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियालाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
“सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो”, प्रनाउ श्रीवास्तवले भन्नुभयो । योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।
परियारमाथि जिल्ला अदालतबाट मङ्गलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

