पोखरामा ७ जुवाडे १ लाख बढी नगदसहित पक्राउ
पाेखरा | कात्तिक २८, २०८१
पोखरा: पोखरामा ७ जना जुवाडे १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई हिजो (मंगलबार) पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६दिप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीय गौमाया गुरुङ, ३८ वर्षीय जुनिता भट्टचन, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीय रुपा गुरुङ, पोखरा–१३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा–२७ बस्ने ४६वर्षीय बुद्धि बहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार ७ जना जुवाडेको साथबाट २ सय १२ पत्ति तास र १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई हारजित हुनेगरी जुवतास खेलिरहेको हुँदा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

