गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन

पाेखरा | कात्तिक २९, २०८१

गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन

पोखरा:    गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको उपचारको क्रममा निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौंमा निधन भएको हो । 


गण्डकी प्रदेश सभा सदस्य गौचनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको प्रदेश सभा सदस्य जीत शेरचनले जानकारी दिए । केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् ।


डेंगुबाट विरामी सांसद गौचनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्