पाथीभरा क्षेत्रबाट १ हजार किलो फोहर सङ्कलन
ताप्लेजुङ | मंसिर २, २०८१

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले आयोजनामा गरेको कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, समितिका सदस्य, कर्मचारी र फेदी क्षेत्रका स्थानीयसहित एक सय ३० जना सहभागी थिए ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार सरसफाइका क्रममा प्लास्टिक, फलाम, टिन र सिसाजन्य फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पाथीभरा क्षेत्रको वातावरणीय स्वच्छतालाई कायम राख्न प्रशासनको सहयोगमा सरसफाइ गरिएको भन्दै यस्ता कार्यक्रममा प्रशासनको सधैँ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पाथीभरा आउने भक्तजन र पर्यटकलाई पनि फोहर नगर्न आग्रह गर्दै पाथीभरालाई स्वच्छतालाई कायम राख्न सबैले समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी बल १ नम्बर गुल्म कञ्चनजङ्घाका प्रहरी नायब उपरीक्षक नरेश महर्जनले मन्दिर परिपरमा स्वच्छता कायम राख्न र पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकायबाट सधँै सहयोग रहने बताउनुभयो ।
दसैँतिहारको मुख्य समयमा भक्तजनको घुइँचो बढी हुँदा पाथीभरा क्षेत्रमा धेरै फोहर जम्मा भएकाले समितिले यो बृहत् सरसफाइ कार्यक्रम गरेको हो । आगामी दिनमा प्राकृतिक वातावरण स्वच्छ राख्न सरसफाइ कार्यक्रमलाइ निरन्तरता दिइने समितिका कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...