घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग
पाेखरा | मंसिर २, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक फुलिवाङ स्थित जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत २५ जनालाई विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुक र एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई करिव ५० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए ।
‘घान्द्रुकको कोँड नास डकुमेन्ट्री प्रदर्शनको लागि म जापान गएको थिए, जापानमा एच एस वि जापानका विनोद शेरचनसँग भेटघाट भयो’ गुरुङले भने, ‘डकुमेन्ट्री प्रदर्शन पश्चात शैक्षिक सामग्रीका लागि उहाँले सहयोग गर्नुभयो, आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।’
लामा अमृत फाउण्डेशन घान्द्रकले कास्की लगायत विभिन्न विद्यालयमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस्तै फाउण्डेशन सामाजिक कार्यमा समेत क्रियाशिल रहँदै आएको छ ।
अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै जिर्ण अवस्थामा रहेको विद्यालय पुनः निर्माण गर्न पहल गर्ने बताए ।
जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक अनिता विकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै लामा अमृत फाउण्डेशन र एच एस वि जापानलाई धन्यवाद दिईन् ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालन गरेपनि वर्खा याममा परेको अविरल वर्षाका कारण पुनः विद्यालयमा क्षति पु¥याएको बताईन् ।
‘भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालनमा ल्याएका थियौ, केही महिना अगाडि परेको अविरल वर्षाले पुनः विद्यालयलाई असर पु¥याएको छ’, विकले भनिन्, ‘विद्यालयको भवन बनाउन रक्षा बहादुर गुरुङले फुलिवाङमा ३ रोपनी जग्गा दिनुभएको छ, अब चाँदै नै उक्त जग्गामा भवन निर्माण गछौं ।’
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

