अन्डरकभर एजेन्ट भन्दै फोन गरी रकम माग गर्ने डाक्टर पक्राउ
काठमाडाैं | मंसिर ६, २०८१
काठमाडौं: प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँ स्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।”
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

