भण्डारढिकको नयाँबस्तीबाट ड्रग्ससहित घिमिरे पक्राउ
पाेखरा | मंसिर ७, २०८१

पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले घिमिरेको साथबाट २ सय २८ एम्पुल डाइजापाम, २ सय १२ एम्पुल फेनेरागन र २ सय २२ चक्की ब्रुफिन गरि कुल ६ सय ६२ एम्पुल लागऔषध बरामद गरेको छ ।
पक्राउ परेका घिमिरेविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धि मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...
पोखरा: गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते साम...