पोखरामा बालिकालाई यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ
पाेखरा | मंसिर ७, २०८१
पोखरा: पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।
लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको कोठामा राखी बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलाप लगाएको आरोपमा प्रहरीले गएराति तीन युवतीलाई पक्राउ गरेको हो ।
बालिकाहरुलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुले बालिकाहरुलाई ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, तलव राम्रो हुन्छ, खानाबस्नको सुविधा छ भनेर विश्वासमा पारी कोठा बाहिर समेत जान नदिएर यौनकार्यमा लगाएको पाइएको उनले बताए ।
प्रहरीले बालिकाहरुलाई यौनकार्यमा लगाएको आरोपमा गोरखाको पालुङटार गाउँपालिका–४ घर भई पोखरा–६लेकसाइडस्थित होटल स्नोल्याण्ड डेरा गरी बस्ने १९ वर्षीय ममता तामाङ, मकवानपुर बाग्मती गाउँपालिका–८ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका–७ बस्ने २३ वर्षीय रिना तामाङ र नवलपरासी मध्यविन्दु नगरपालिका १० घर भई पोखरा–६ लेकसाइड बस्ने अन्दाजी १९ वर्षीय जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

