नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक

पाेखरा | मंसिर ७, २०८१

नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । 


किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् । 


राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् ।


म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ ।


निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गरेका छन् । उनका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । मनमाया गीतले सबैको मन छुनेमा उनी आशावादी छन् ।


कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गरे । मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उनको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उनले बताए ।


गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताए । मनमायाको अडियो देखि भिडियो सम्मको तारिफ गर्दै पोखराका सिर्जनालाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् ।  


चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताए । गीतको मर्मानुसारको कथा प्रस्तुत भएको र कलाकारको अभिनय समेत तारिफयोग्य रहेको भनाई उनको छ । 


गीतमा मौलिकता हुँदा समय सान्दर्भिक सिर्जना प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।  मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्