पर्यटन मन्त्रालयको विषयगत समितिमा पोखराका मेयर आचार्य

पाेखरा | साउन ६, २०७९

पर्यटन मन्त्रालयको विषयगत समितिमा पोखराका मेयर आचार्य


पोखरा:      पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छ । 

 

मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन । 

 

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ । मेयर आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिएका छन् । 

 

उनले  पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं । मन्त्री ज्युले यसको प्रक्रिया आगाडि बढाएको र क्याविनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । यसका लागि म मन्त्रालय र मन्त्री ज्युप्रति आभार प्रकट गर्छु । पक्कैपनि पोखरालाई मन्त्रालयकै इनिसियसनमा छिट्टै पर्यकटकीय राजधानी घोषणा गराउनुहुनेछ भन्नेमा पनि विश्वस्त छु’ उनले भने ।

 

 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्