पोखरामा रोजगार मेला सुरु
मन्त्री बोल्दा बिजुली गएपछि भने, ‘दक्ष कर्मचारी आएपछि समस्या समाधान हुन्छ’
काठमाडाैं | साउन ६, २०७९
पोखरा: शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लगातार हुने विद्युत अवरुद्ध अब चाडै नै समाधान हुने बताएका छन् ।
मन्त्री श्रेष्ठले शुक्रबार देखि पोखरामा सुरु भएको वृत्ति परामर्श तथा रोजगार मेलामा विद्युत अवरुद्ध भएपछि रोजगार मेलामा दक्ष कर्मचारी आए सो समस्या हटेर जाने बताएका हुन् ।
विद्युत पटकपटक अवरुद्ध भएर मन्तव्य नै रोक्नुपर्नु पर्ने अवस्था आएपछि मन्त्री श्रेष्ठले भने, ‘अहिले वर्षाको समय भएका कारण विद्युत आउने जाने भएको छ । र यसको छिटै अन्त्य हुनेछ ।
मन्त्री श्रेष्ठका अनुसार आगामी ८ गतेसम्म सञ्चालन हुने मेलामा मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने ।
प्रदेशमा बेरोजगार र सीप क्षमताका भएका व्यक्तिहरुको अभिलेख नभएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रदेशले आगामी वर्षहरुको नीति तथा कार्यक्रममा कुनकुन योजना समावेश गर्ने भन्नेबारे यस मेलाले टेवा पुर्याउनेछ । सार्थ यस मेलाले तथ्याङ्क राख्न थप सघाउ पुर्याउछ ।’
मेलामा ३५ वटा स्थल निर्माण गरिएको छ । स्थलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा परामर्श लिनेछन् ।
तीन दिन सम्म सञ्चालन हुने मेलामा १० हजारले अवलोकन गर्ने अनुमान रहेपनि यो भन्दा धेरैले मेलाको अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।
सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।
जागिर खोज्ने र कर्मचारी रोज्ने ‘एप’
सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न सक्ने बताएको छ ।
उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने छन् ।सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ । यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा गरिएको छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

