भाइराजलाई पोखरा जेसिसको नेतृत्व
पाेखरा | मंसिर १०, २०८१
पोखरा जेसीजको वर्ष २०२५ को अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् ।
पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए । साथै, निर्देशकहरूमा सरोज पौडेल,सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए ।
अध्यक्ष राना मगरले विधान बमोजिम कानुनी सल्लाहकार सुमन पहारी, महासचिव रबिन पौडेल, कोषाध्यक्ष रबिन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

