कुटपिटबाट १ को मृत्यु
मकवानपुर | मंसिर १३, २०८१
सांकेतिक तस्बिर
मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मजदुरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र सोही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

