राससको तालिम केन्द्र भवन निर्माण तीव्र गतिमा
चितवन | मंसिर १३, २०८१
चितवन: राष्ट्रिय समाचार समिति (रासस)को भरतपुर महानगरपालिका–१० स्थित तालिम केन्द्र भवन तीव्र गतिमा निर्माण भइरहेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माणाधीन भवनको ७० प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्माणाधीन उक्त भवनको आज निरीक्षणपछि यथासक्य छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
उहाँले भवन निर्माण सम्पन्न भएसँगै तालिम केन्द्रका लागि आवश्यक तयारी गरिने बताउनुभयो । हालसम्म राससको आफ्नै तालिम केन्द्र छैन ।
आयोजनाका इन्जिनियर सन्तोष यादवका अनुसार निर्माण कम्पनीले आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । भूमिगत (अण्डरग्राउण्ड)सहित चार तलाको उक्त भवनमा तालिम हल, स्टुडियो, पुस्तकालय, कार्यालय, चमेनागृह र १३ वटा आवासीय कोठा हुनेछन् ।
भवन थप दुई तला बनाउने योजना छ । आयोजनाले रु ७ करोड बजेट विनियोजन गरेकामा बोलपत्र आह्वान गर्दा रु ५ करोड ५० लाख ६० हजार ६६ मा ठेक्का सम्झौता भई काम भइरहेको छ ।
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रब...
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...
मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय ...

