गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

काठमाडाैं | मंसिर १६, २०८१

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

पोखरा:    पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ । 

विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा  रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुभयो । 


अक्षयकोषमा कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य रहेको  उहाँले बताउनुभयो ।


अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु १० लाख, धनबहादुुर थापाले रु एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११,  वासुदेव  तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्