सन् २०२३ अक्टोबरदेखि गाजामा ३ सय ४१ जना मानवतावादीको मृत्यु
काठमाडाैं | मंसिर १८, २०८१
मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जनाका मृत्यु भएको जनाएको छ ।
आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरू बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ ।
राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको बताउनु भयो ।
गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कार्मीहरूको सङ्ख्या बढेर ३४१ पुगेको बताउदै उहाँले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गर्नु भएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रुपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ २०० खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताउनु भएको छ ।
घेराबन्दीको कारण भयाभह मानवीय अवस्थाको बीचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

