लेबनानमा भएको इजरायली हमलामा ९ जनाको मृत्यु
काठमाडाैं | मंसिर १८, २०८१
दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।
इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ ।
इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरुको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबार देखि लागु भएको युद्धविराम उल्लङ्घनको आरोपको सामना गर्नुपरेको छ ।
इजरायली सेनाले विज्ञप्ति मार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ ।
यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ ।
यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको “कफर शौबाको पाहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिज्बुल्लाहले विवादित शेबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाएउदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ ।
त्यसको केही समयपछि, इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

