सिजी नेट जडान, लामाचौरकी गुरुङले जितिन् स्कुटर

पाेखरा | मंसिर २१, २०८१

सिजी नेट जडान, लामाचौरकी गुरुङले जितिन् स्कुटर

पोखरा:     चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले  स्कुटर जित्न सफल भएकी छन् । 

गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन । उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ ।


शुक्रबार पोखराको  अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।


देशै भरबाट २ महिनाको अवधीमा सिजी नेट  जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए ।


२ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे ।


सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए ।


स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।


 

काठमाडौँ:   बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ ।   गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहर...

थप पढ्नुहोस्

पोखरा:  यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखे...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ ।  नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफस...

थप पढ्नुहोस्