भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्यबीच भेट

पाेखरा | साउन ९, २०७९

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्यबीच भेट

पोखरा:  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ ।

 

प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ ।
 

 

पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै भारतको बनारस लगायत विभिन्न सहरमा नियमित उडान मार्फत पोखरालाई भारतसंग जोड्न चाहेको बताए ।

 

त्यसका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनको राजदूत श्रीवास्तवलाई आग्रह गरे । साथै प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोग प्रति आभार प्रकट गरे । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकोले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा समेत प्रकट गरे । 

 

भारतीय राजदुत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसंग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने बताए । भारतले नेपालको राजधानी काठमाडौं पछि पोखरालाई धेरै महत्व दिएको चर्चा गरे । 

 

काठमाडौं पछि पोखरालाई महत्व दिएर नै यहाँ पेन्सन क्याम्प नै राख्ने देखि विभिन्न परियोजनामा सहकार्य भएको राजदुत श्रीवास्तवले बताए । उनले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसंग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने आस्वासन समेत दिए । 
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्