आचार्यलाई हराउँदैं प्रेस युनियनको उपाध्यक्षमा ‘ऋषिकान्त’

कास्की | साउन ९, २०७९

आचार्यलाई हराउँदैं प्रेस युनियनको उपाध्यक्षमा ‘ऋषिकान्त’

पोखरा:  कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् ।  हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट पौडेल निर्वाचित भएका हुन् ।

 

उनले प्रतिद्वन्द्धि तनहुँका ओमकार आचार्यलाई पराजित गरेका हुन् ।

 

युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ । उनले गण्डकी प्रदेशको कोटाबाट निर्वाचित भएपनि मत भने देशभरका प्रतिनिधिहरुले हालेका थिए । 

 

सो निर्वाचनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पौडेल कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता हुन् ।
 
 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्