बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत
पाेखरा | मंसिर २३, २०८१

पोखरा: बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए ।
निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकृकित गरि आर्थिक रुपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिदैँ पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरुले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए ।
त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका १ का वडा अध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यावाची रहेको बताए ।
खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिदैँ आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरु गर्न अनुरोध गरे । कार्यक्रमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङले बगर भाइखलक विशुद्ध सामाजिक संस्था भएको बताए ।
उनले संस्थाको जन्म नै सामाजिक कार्य गर्नका लागि भएको र सबै एक भएर यसमा लाग्नुपर्नेमा जोड दिए । यस्तै खड्ग रानाभाटले बगर भाइखलकले टुडिखेलको खेल मैदान संरक्षणमा अघि बढिरहँदा त्यहाँ अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।
भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले संस्थाई अब नयाँ नेतृत्वको आवश्यक परेको र सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सामान्य रुपमा स्थापित संस्था अहिले उत्कृष्ट हुँदै गएको र यसले आम खेलकुदसंग आबद्ध व्यक्तिहरुलाई बुढेसकालमा समेत स्वस्थ रहनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
संस्थाले हाल ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ । त्यो बाहेक भेट्रान खेलाडीहरुलाई एकतृत गर्नका लागि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...