बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पाेखरा | मंसिर २३, २०८१

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पोखरा:    बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 


शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । 


निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए । 


निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकृकित गरि आर्थिक रुपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिदैँ पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरुले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए । 


त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका १ का वडा अध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यावाची रहेको बताए ।


 खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिदैँ आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरु गर्न अनुरोध गरे  । कार्यक्रमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङले बगर भाइखलक विशुद्ध सामाजिक संस्था भएको बताए । 


उनले संस्थाको जन्म नै सामाजिक कार्य गर्नका लागि भएको र सबै एक भएर यसमा लाग्नुपर्नेमा जोड दिए । यस्तै खड्ग रानाभाटले बगर भाइखलकले टुडिखेलको खेल मैदान संरक्षणमा अघि बढिरहँदा त्यहाँ अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनुपर्नेमा जोड दिए । 


भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले संस्थाई अब नयाँ नेतृत्वको आवश्यक परेको र सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सामान्य रुपमा स्थापित संस्था अहिले उत्कृष्ट हुँदै गएको र यसले आम खेलकुदसंग आबद्ध व्यक्तिहरुलाई बुढेसकालमा समेत स्वस्थ रहनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 


संस्थाले हाल ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ । त्यो बाहेक भेट्रान खेलाडीहरुलाई एकतृत गर्नका लागि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्