जीप दुर्घटनामा ७ जना घाइते
बाजुरा | मंसिर २३, २०८१
बाजुरा: जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ ।
घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...
काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपा...

