आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडाैं | मंसिर २४, २०८१

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । 

    
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ । 

    
जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

    
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ । 

    
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै,  भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...

थप पढ्नुहोस्

काठमाडौं:  नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

थप पढ्नुहोस्