महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडाैं | मंसिर २५, २०८१

महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं:    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको छ  ।


नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको हो ।

    
उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवीले गरेको सङ्घर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो । 


“वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।


उहाँले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घ स्थापना गरिएको थियो । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्