१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
पर्वत | मंसिर २८, २०८१

पर्वत: कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो ।
आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।
साथै पर्वतका ७ वटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बे...
काठमाडौं: निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजे...
काठमाडौं: राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइर...