कास्की प्रहरीले पक्राउ गर्यो ५१ फरार प्रतिवादी, ६१ लाख बढी जरिवाना असुल गर्न बाँकी
पाेखरा | पुस १, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर महिनामा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘कास्की प्रहरीले गत मंसिर १ देखि ३० गतेसम्म जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो’, सूचना अधिकारी शर्माले भने, ‘ फैसला कार्यान्वयन गर्नका लागि प्रतिवादीहरुलाई अदालतमा बुझाएका छौं, प्रतिवादीहरुलाई ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार ६ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।’
उनका अनुसार चेक अनादार मुद्धामा ३३ जना, बैंकिङ कसुर मुद्धामा ६ जना, लागूऔषध सम्बन्धी मुद्धामा ३ जना, चोरी सम्बन्धी मुद्धा, बैंकिङ कसुर मुद्धा, लेनदेन बिगो मुद्धामा २÷२ जना, बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग मुद्धा र सवारी ज्यान सम्बन्धी मुद्धामा १÷१ जना रहेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

