गण्डकीमा खेलाडी दर्ता पौष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने

पाेखरा | पुस ४, २०८१

गण्डकीमा खेलाडी दर्ता पौष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने

पोखरा:  गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् । 


१० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् ।


“१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिब शर्माले भने–“पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।” उनले थपे–“दर्ता नभएका खेलाडीहरु आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।”


यसै गरी दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने जनाउँदै बैठकमा सदस्य सचिब शर्माले दर्ता खारेज हुने खेल संघहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए ।


खेल संघका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । 


उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव समेत दिए ।


छलफलमा दशौै राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपािलका तहहरुमा गर्न सुझाव दिंदै प्रदेशका सबै जिल्ला र पालिकाहरुमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागिहरुले जोड दिएका छन् । 


जसका कारण सबै पालिकाहरुले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर संगै सुमदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरुको जोड थियो ।


१९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय ऐरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न समेत उनीहरुले जोड दिएका छन् भने हरेक जिल्लामा सबै खेलका रेफ्रिहरुको उत्पादन हुनुपर्ने विषयलाई समेत गम्भिरता पूर्वक उठाए  ।


सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले  ११ वटै जिल्लामा खेल संघहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरुलाई आग्रह गरे ।


त्यस्तै कार्यकारी सदस्य दिल बहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेलसंघहरुले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल संघहरुको समस्या समाधान गर्न परिषद संधै तयार रहेको उल्लेख गरे ।


त्यस्तै परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले खेलको विकासका लागि पालिकास्तरमा बाटनै संघहरुले ध्यान दिनुपर्ने जनाए ।

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्