पोखरामा धारिलो हतियार देखाएर वृद्धाको सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ

पाेखरा | पुस ४, २०८१

पोखरामा धारिलो हतियार देखाएर वृद्धाको सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ

पोखरा:    पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 


प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने  ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् । 


उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए । 

लुटपाट गर्न प्रयोग गरिएको धारिलो हतियार । फोटो: कास्की प्रहरी


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्