बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी | पुस १४, २०८१

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी:  बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।

 

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ ।

 

हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।

 

बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ ।

 

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्