घलेल ल्होछार उत्सव: घोडा दौडमा ‘हितमान च्याम्पियन’
पाेखरा | पुस २१, २०८१
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा जारी २६ औं घलेल ल्होछार उत्सवमा आयोजित घोडा दौडमा हितमान गुरुङ च्याम्पियन बनेका छन् ।
लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।
यस्तै गरीका विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने ।
प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनीहरुलाई २३ गते उत्सवको समापनका दिन पुरस्कृत गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । घोडा दौडमा कुल २३ टिमको सहभागिता रहेको थियो ।
यस्तै जारी उत्सवमा पुरुषतर्फको भलिबल प्रतियोगिता अन्तरगत दोस्रो चरणका खेलहरु जारी रहेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार पुरुष भलिबलतर्फ कुल ३४ टिमको सहभागिता रहेको छ ।
यसअघि भएको महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगेको भलिबल खेल संयोजक गणेश बिसीले बताए ।
उनका अनुसार फाइनल खेल आगामी २३ गते हुने छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

