ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
काठमाडाैं | साउन १२, २०७९
तम्घास: गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

