हेलम्बुको समस्या समाधान नभए मेलम्चीको पानी काठमाडौँ जादैन : अध्यक्ष शेर्पा
सिन्धुपाल्चोक | साउन १२, २०७९
तस्बिर फाइल
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ । बाढीले क्षत्विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने उहाँले बताउनुभयो ।
‘पानी हेलम्बुबाट लैजाने तर हेलम्बुलाई परेका समस्या समाधानमा भूमिका निर्वाह नगरी पानी लैजान खोज्ने ’ अध्यक्ष शेर्पाको असहमति छ । हेलम्बुका समस्या हल गरेर मात्रै पानी लैजानुपर्ने उहाँको तर्क छ ।
मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितका लागि सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको ‘लेबी’ टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितलाई कम्तीमा प्रतिपरिवार २० लाख रुपियाँ दिनुपर्ने, बाढीले व्यवसायीको व्यवसाय पुनस्र्थापना गर्न सहयोग गर्नुपर्ने लगायतका माग पूरा नभएमा मेलम्ची पानी लैजान नदिने अध्यक्ष शेर्पाले चेतावनी दिनुभयो । खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गत चैत २९ गते पालिकाले ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानमा छ । आयोजनाको मुहानमा बाढी पस्ने खतरा भएपछि सुरुङ मार्गका ढोका बन्द गरिएको छ ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

