रोजगारी खोज्दै हिडे नेपाली भारतको सिमला

नेपालगञ्ज | साउन १२, २०७९

रोजगारी खोज्दै हिडे नेपाली भारतको सिमला

 

नेपालगञ्ज  :   नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ । 

 

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को लाग्ने गरेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार दुई सय देखि एक हजार तीन सयसम्म नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जानकारी दिनुभयो । 

 

अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाई छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा रहेका छन् । 

 

भारत हिडेका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो । उहाँले नेपालमा बढी भन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानै पर्ने बाध्यता बाँकी रहने बताउनुभयो । 

 

यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा गैरहेको गुनासो गर्नुभयो । सोही प्रकारको दुखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्