फरार अभियुक्त रामकुमार र मोटरसाइकल चोरी गर्ने सुदास पक्राउ

काठमाडाैं | बैशाख १४, २०७९

फरार अभियुक्त  रामकुमार र मोटरसाइकल चोरी गर्ने सुदास पक्राउ

काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो ।

 

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको बताए ।

 

लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५ प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु ६४ प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए ।

 

पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए ।

 

यसैगरी नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैँक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए ।

 

पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्