लेखनाथ महोत्सवमा ७ करोड ९५ लाखको कारोबार

पाेखरा | माघ १, २०८१

लेखनाथ महोत्सवमा ७ करोड ९५ लाखको कारोबार

पोखरा:    ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ । 


महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । 


महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन ।


महोत्सव समापनको अघिल्लो दिन  किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ । 


महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह प्रथम, पोखरा–२६ को सृजना महिला समुह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समुह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समुहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समुहले क्रमश २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । 


यसैगरि महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्य छनोटमा परेका २२ समुहले महोत्सव स्थलमा प्रस्तुती रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन् । 


सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ ।


सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहेको थियो ।

काठमाडौं:  हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार...

थप पढ्नुहोस्

काठमाडौं:  आइसिसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएक...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा...

थप पढ्नुहोस्