पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुन: निर्माण हुन बाँकी

काठमाडाैं | माघ २, २०८१

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुन: निर्माण हुन बाँकी

विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुन: निर्माण हुन बाँकी छ ।

 

उक्त सम्पदा पुन:निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुन:निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुन:निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

 

ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुन:निर्माण अघि बढेको छ ।” करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार उक्त मन्दिरको पुन:निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।

 

भूकम्पले क्षति पु-याएका केही संरचना पुन:निर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो ।

 

उहाँका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुन:निर्माण सम्पन्न भएको छ ।

 

विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुन: निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुन:निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ । 

काठमाडौं:  गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगक...

थप पढ्नुहोस्

तनहुँ:   पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी ९दुई लेन० कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । ...

थप पढ्नुहोस्

मुस्ताङ:  उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ ।  भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र ल...

थप पढ्नुहोस्