पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ
पाेखरा | माघ ४, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित रामचन्द्र सुवेदीलाई पक्राउ गरेको छ ।
पोखराको आलुमाईलाचोकमा लागूऔषधको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले कास्कीको माछापुच्छ«े गाउँपालिका–८ घर भई पोखरा २५ बस्ने २७ वर्षीय सुवेदीलाई बुधबार लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले सुवदीको कोठाबाट बरामद गरेको लागूऔषध । फोटो कास्की प्रहरी
आलुमाईलाचोकमा चेकजाँच गर्ने क्रममा सुवदीले चलाई ल्याएको ग १३ प ४१५४ नम्बरका स्कुटर रोकी चेकजाँच गर्दा स्कुरमा लुकाई छिपाई राखेको टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको ४ सय चक्की लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गर्दै जाँदा सुवेदीले कोठामा लुकाई राखेको २ वटा कार्टुन र १ वटा जेब्रा झोलामा लुकाई राखेको े टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको १७ हजार ७ सय ८० चक्की, रामकृष्ण टोलस्थित कोठामा राखेको २ सय चक्की टेपेन्डोल र ट्रामोल पचास एमजी लेखिएको ४६० चक्की गरी १८ हजार ८ सय ४० चक्की लागूऔषध बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

