कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना

काठमाडाैं | माघ ६, २०८१

कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना

काठमाडौं:    नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।

    
नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ । 

    
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।

म्याग्दी:   जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–...

थप पढ्नुहोस्

काठमाडौं:   स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । &...

थप पढ्नुहोस्

काठमाडौं: सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।  ओमानको अल अमिरतस्थ...

थप पढ्नुहोस्