११ किलो गाजाँसहित २ जना पक्राउ

मकवानपुर | माघ ७, २०८१

११ किलो गाजाँसहित २ जना पक्राउ

मकवानपुर:   हेटौंडा उपमहानगरपालिका-१९ दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका-२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् । 

 

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु १ ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुरेशलाई ५ किलो ५ सय ६० ग्राम र अर्जुनलाई ५ किलो ४ सय ४० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।  समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...

थप पढ्नुहोस्