आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया

काठमाडाैं | माघ ७, २०८१

आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया

काठमाडौं:    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार “बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीसूचक संस्थाहरूका लागि निर्देशन”को व्यावहारिक कार्यान्वयन र परिपालना सुनिश्चित गर्न आभूषण व्यवसायीहरू र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


महासंघले शुभारम्भ गरेको “स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी” राष्ट्रिय अभियान अन्तर्गत आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नायव सुब्बा प्रकाश सापकोटाले व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी कानूनी दायित्व, पारदर्शिता कायम राख्ने उपाय, प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, तथा व्यवसायमा इमानदारिता र निष्ठा कायम राख्ने विषयमा अभिमुखीकरण गराए । 


त्यसैगरी, विशेष अतिथिका रूपमा उपस्थित सोही विभागका निर्देशक श्री जनार्दन आचार्यले सशक्त व्यवसायिक अभ्यासले मात्र व्यवसायको दीर्घकालीन विकास सुनिश्चित हुनेमा जोड दिए । 


कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई कानूनी दायित्व पालनामा अभिप्रेरित गर्नु, नियामक निकाय र व्यवसायीहरूबीच सहकार्यलाई बलियो बनाउनु, र व्यवसायमा इमानदारी, पारदर्शिता, तथा निष्ठालाई प्रवर्द्धन गर्नु रहेको थियो।


उक्त कार्यक्रममा करिब १२० जना व्यवसायीहरुको (भौतिक र अनलाइन, जुम माध्यमबाट) सक्रिय सहभागिता रहेको थियो ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्