लोमान्थाङमा प्रदेश सांसद विष्टको गल्फ मोह ! हेर्नुहोस् १५ तस्बिर
मुस्ताङ | साउन १३, २०७९
मुस्ताङ: पोखरा आफ्नो क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सपना प्राय सबै नेताको हुन्छ ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य मात्रै गरेनन् । उनले उपल्लो मुस्ताङको लोवान्थाङमा गल्फ कोर्स निर्माण गर्नका लागि निकै कसरतमा लागिपरेका थिए ।
फलस्वरुप परिक्षण पनि सफल भैसकोको छ । उनी यतिबेला गल्फमै व्यस्त देखिएका छन् । गल्फ कोर्समै रमाइरहेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स हो । प्रदेश सांसद विष्टका अनुसार उक्त गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो नेपालको हाई अल्टिच्युडमा भएको पहिलो कोर्स हो ।
पोखरा, चितवन र धरानमा १÷१ वटा, काठमाडौँमा ३ र अहिलेको उपल्लो मुस्ताङमा थपिएको १ गरि कुल नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । नेपालको सबैभन्दा उचाइमा रहेको उपल्लो मुस्ताङको गल्फ कोर्समा यतिबेला
गल्फरहरु तथा प्रदेश सांसद इन्द्रधारा विष्ट रमाइरहेका छन् । १५ तस्बिरमा हेरौं, सांसद विष्ष्टको गल्फ मोह ।
तस्बिर: राकेश थापामगर














पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

