आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

कञ्चनपुर | माघ १२, २०८१

आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

कञ्चनपुर:    कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । 


कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । 


माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । 


गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्